Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको अवितरित हकप्रद सेयर आजदेखि लिलामीमा

अर्थ संसार

मंगलबार, ३० असोज २०८०, १२ : ५२ मा प्रकाशित

अरुण काबेलीको अवितरित हकप्रद सेयर आजदेखि लिलामीमा

अरुण काबेली पावर लिमिटेडले आज असोज ३० गतेदेखि अवितरित २० लाख कित्ता भन्दा बढी हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्दैछ ।

कम्पनीले १:१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्दा सर्वसाधारणतर्फको २० लाख १४ हजार ८ सय १७ कित्ता शेयरमा आवेदन परेको थिएन । सोही सेयर लिलामीका लागि कम्पनीले आजदेखि कार्तिक १४ गतेसम्म आवेदन माग गरेको हो ।

कम्पनीको शेयरको मूल्य न्युनतम एक सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरेर न्युनतम एक सय कित्तादेखि अधिकतम सबै कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । लिलामीमा सबैभन्दा उच्च मूल्य कबुल गर्नेले पहिले शेयर पाउने छ । त्यसपछि सोही रितले सेयर संख्या कायम रहँदासम्म बाँडफाँड जारी रहनेछ ।

नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको लिलामीको शेयरका लागि नबिल इन्भेष्टमेन्टको नक्साल कार्यालय साथै नबिल बैंकका तोकिएका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको