Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोको अवितरित हकप्रद बोलकबोलमार्फत बाँडफाँड हुँदै, यसरी हेर्नुहोस् लाइभ

अर्थ संसार

मंगलबार, २७ चैत्र २०८०, ०८ : २९ मा प्रकाशित

सिंगटी हाइड्रोको अवितरित हकप्रद बोलकबोलमार्फत बाँडफाँड हुँदै, यसरी हेर्नुहोस् लाइभ

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जारी गरेको हकप्रद सेयरमध्ये आवेदन नपरेका कित्ताका लागि माग गरिएका सिलबन्द बोलपत्रहरु आज खुला गरिँदै छ ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज काठमाडौंको नक्सालस्थित ग्रीन लिभ्स रेस्टुरेन्टमा ८ बजेदेखि बोलपत्रहरु खोल्ने कार्यक्रम गरिरहेको छ । उक्त कार्यक्रम क्यापिटलको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण पनि भइरहेको छ ।

अवितरित हकप्रदमा सिलबन्द बोलपत्रमार्फत चैत्र १२ गतेदेखि चैत्र २० गतेसम्म आवेदन संकलन गरिएको थियो । सिंगटी हाइड्रोले १:१ अनुपातमा फागुन २ गतेदेखी २२ गतेसम्म कुल एक करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेकोमा रितपूर्वक आवेदन दिने ७६ हजार २०० सय जना सेयरधनीहरुलाई ९८ लाख ८८ हजार ४६१ कित्ता हकप्रद बाँडफाँड गरेको थियो । 

त्यसबाहेक बाकिँ ४६ लाख ११ हजार ५ सय ३९ कित्ता सेयर लिलाम बढाबढ मार्फत बिक्री हुन लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको