Like us!
Follow us!
Connect us!
Watch us!

रिडी पावरको अवितरित हकप्रद सेयर बाँडफाँड, कति भयो कटअफ प्राइस ?

अर्थ संसार

विहीबार, १३ बैशाख २०८१, ११ : १७ मा प्रकाशित

रिडी पावरको अवितरित हकप्रद सेयर बाँडफाँड, कति भयो कटअफ प्राइस ?

रिडी पावर कम्पनी लिमिटेडले जारी गरेको हकप्रद सेयरमध्ये आवेदन नपरेका कित्ताका लागि माग गरिएका सिलबन्द बोलपत्रहरु आज बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज काठमाडौंको नक्सालस्थित क्यापिटलकै कार्यालयमा ८ बजेदेखि बोलपत्रहरु खोल्ने कार्यक्रम गरेको थियो । क्यापिटलका अनुसार कटअफ प्राइस १४८.१० रुपैयाँ कायम भएको छ । अवितरित हकप्रदमा सिलबन्द बोलपत्रमार्फत चैत्र २९ गतेदेखि वैशाख ९ गतेसम्म आवेदन संकलन गरिएको थियो । 

कम्पनीले १:०.५ अनुपातमा फागुन १८ गतेदेखि चैत ८ गतेसम्म कुल ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद सेयर निष्कासन गरेकोमा रितपूर्वक आवेदन दिने ६० हजार ६ सय २ जना सेयरधनीहरुलाई ६६ लाख ८ हजार ८ सय ४९ कित्ता हकप्रद बाँडफाँड गरेको थियो । 

त्यसबाहेक बाकिँ ११ लाख ३५ हजार ६ सय ५७ कित्ता सेयर लिलाम बढाबढ मार्फत बिक्री गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको