Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर घटेसँगै बजारमा सुधारको संकेत, दोहोरो अङ्कले बढ्यो नेप्से

अर्थ संसार

मंगलबार, ३० असोज २०८०, १५ : १७ मा प्रकाशित

ब्याजदर घटेसँगै बजारमा सुधारको संकेत, दोहोरो अङ्कले बढ्यो नेप्से

धेरै जसो बैंक तथा वित्तीय संस्थाहरुले कार्तिक महिनाका लागि घटेको ब्याजदर प्रकाशित गरेसँगै नेपाल स्टक एक्सचेञ्जको नेप्से परिसूचकमा सुधारको संकेत देखिएको छ ।

अघिल्लो साता ८२.३२ अङ्कले घटेको बजार सोमबार थप २३.१६ अङ्कले घटेको थियो । मङ्गलबार भने बजार  १३.१८ अङ्कले बढेर १८६४.६२ मा बन्द भएको छ । बिहान बजार खुल्नेबित्तिकै बढेर १८८४ सम्म पुगेको बजारमा त्यसपछि गिरावट आएको थियो । अघिल्लो कारोबारको दिन कुल एक अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर एक अर्ब ८४ लाख ३७ हजार ८ सय ६० रुपैयाँमा सीमित हुन पुगेको छ ।

आज सर्वाधिक कमाउनेतर्फ श्वेतगङ्गा हाइड्रो, मिथिला लघुवित्त, मान्डु हाइड्रो र अरुण काबेली हाइड्रो कम्पनी रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउने मध्ये हाथवे इन्भेस्टमेन्ट, हिमालयन लघुवित्त र सुपर माई हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरको मूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

बिहीबार फाइनान्स उपसूचक सर्वाधिक १.३ प्रतिशतले बढ्दा बैंकिङ उपसूचक १.१ प्रतिशतले वृद्धि भएको छ ।
आज ट्रेडिङ उपसूचक सर्वाधिक १.२५ प्रतिशतले घट्दा ननलाइफ उपसूचक ०.५३ प्रतिशतले र होटल एन्ड टुरिजम उपसूचक ०.२७ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको