Like us!
Follow us!
Connect us!
Watch us!

कारोबार लागत घट्ने भएसँगै लगानीकर्ता उत्साहित, नेप्सेमा छायो हरियाली

अर्थ संसार

बुधबार, ०१ कार्तिक २०८०, १५ : १६ मा प्रकाशित

कारोबार लागत घट्ने भएसँगै लगानीकर्ता उत्साहित, नेप्सेमा छायो हरियाली

ब्रोकर कमिशन र धितोपत्र बोर्डको फी घटाइने सूचना पाएसँगै नेपाल स्टक एक्सचेञ्जको नेप्से परिसूचकमा हरियाली छाएको छ ।

राष्ट्रबैंकको एकीकृत निर्देशन पछि एक सय पाँच अङ्कले घटेको बजार कार्तिकमा ब्याजदर घट्ने तथा ब्रोकर कमिशन र धितोपत्र बोर्डको फी पनि घटाइने सूचना पछि लयमा फर्केको हो । मङ्गलबार १३.१८ अङ्कले बढेको बजार बुधबार थप ४३.२७ अङ्कले बढेर १९०७.८९ मा बन्द भएको छ । बिहान बजार खुल्नेबित्तिकै बढ्न थालेको बजारमा लगातार बढेर १९०० अङ्क माथि पुगेको थियो । अघिल्लो कारोबारको दिन कुल एक अर्ब ८४ लाख ३७ हजार ८ सय ६० रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर ९३ करोड ४८ लाख ९४ हजार दुई सय १८ रुपैयाँमा सीमित हुन पुगेको छ ।

आज सर्वाधिक कमाउनेतर्फ आशा लघुवित्त, इन्फिनिटी लघुवित्त, ज्योति विकास बैंक, मिडसोलु हाइड्रो र गणपति लघुवित्त कम्पनी रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउने मध्ये बिपिडब्ल्यु लघुवित्त, मानुषी लघुवित्त र सयपत्री हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरको मूल्य २ प्रतिशत भन्दा बढीले घट्यो ।

बिहीबार ननलाइफ उपसूचक सर्वाधिक २.८७ प्रतिशतले बढ्दा विकास बैंक उपसूचक २.७४ प्रतिशतले वृद्धि भएको छ । आज हाइड्रो उपसूचक २.५३ प्रतिशत, बैंकिङ उपसूचक २.४६ प्रतिशतले तथा लाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्स उपसूचक समान २.२६ प्रतिशतले बढे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको