Like us!
Follow us!
Connect us!
Watch us!

पछिल्लो एक वर्षमै डिजिटल वालेट प्रयोगकर्ता ५४ लाखले बढे, एक महिनामा २१ अर्बको कारोबार

अर्थ संसार

बुधबार, ०१ कार्तिक २०८०, १५ : ५२ मा प्रकाशित

पछिल्लो एक वर्षमै डिजिटल वालेट प्रयोगकर्ता ५४ लाखले बढे, एक महिनामा २१ अर्बको कारोबार

नेपालमा डिजिटल वालेटको लोकप्रियता बढ्दै गर्दा पछिल्लो एक वर्षमै ५४ लाख प्रयोगकर्ता थपिएका छन् ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत भदौसम्म वालेट प्रयोगकर्ता एक करोड ४५ लाख २५ हजार एक सय ४४ जना रहेकोमा आव २०८०/८१ को भदौसम्म सो संख्या एक करोड ९९ लाख २२ हजार चार सय ४३ जना पुगेको छ । यसैगरी भदौ महिनामा वालेटबाट मात्रै दुई करोड २४ लाख १४ हजार पाँच सय ७६ करोबार भएको छ । यस अवधिमा वालेट मार्फतबाट मात्रै कुल २१ अर्ब ९ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस अवधिमा पेमेन्ट सिस्टम अपरेटरको संख्या घटबढ नभई १० नै कायम रहँदा पेमेन्ट सिस्टम प्रोभाइडर भने २७ बाट २६ मा झरेका छन् । यसैगरी पेमेन्ट सिस्टम प्रोभाइडरका एजेन्टहरु १२ हजार ९ सय ८६ बाट बढेर १४ हजार आठ सय ८१ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको