Like us!
Follow us!
Connect us!
Watch us!

इसेवा र खल्ती : जनतालाई सेवा दिन पछाडि अवैधानिक कारोबारमा अगाडि

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, १२ : १९ मा प्रकाशित

इसेवा र खल्ती : जनतालाई सेवा दिन पछाडि अवैधानिक कारोबारमा अगाडि

अहिले विश्व विश्वकप मय भैरहेको छ गत मंसीर ४ देखि सुरुभएको विश्वकपको चर्चा अहिले हरेक ठाउँ मा गुन्जिएको छ तर विश्वकपको चर्चका बीचमा नेपालमा अवैध रहेको सट्टेबाजीको चर्चा झन् चुलिएको छ। नेपालमा विश्वकप फुटबलको प्रशारणको लागि ५६५ रुपैयाँ तिरेर हेर्नुपर्ने अवस्था रहेको छ तर अहिले डिजिट वालेटको अप्रभावकारिता कारण पैसा तिरेर पनि हेर्न पाइरहेका छैनन्। 

फुटबल विश्वकपको लोकप्रियता नेपालमा मात्र नभएर विश्वब्यापी रूपमा उच्च छ। बिश्वकप फुटबल फुटबलको मात्र सर्वाधिक लोकप्रिय खेल नभएर खेलकुद क्षेत्रकोनै सबैभन्दा ठूलो उत्सव हो। सामाजिक सञ्जालमा देखिएका विश्वकपको चर्चा र बहसका आधारमा पनि नेपालीहरुमा विश्वकप फुटबल प्रतिको आकर्षण र क्रेज अनुमान लगाउन सकिन्छ तर डिजिटल प्रशारणको एकाधिकार र डिजीटल वालेट तथा टेलिभिजन सर्भिस प्रोभाईडर को तयारी अपुगका कारण अहिले प्रयोगकर्ताहरूले चौतर्फी दुःख भोगिरहेका छन्। 

अहिले विश्वकपको प्रसारण हेर्ने प्रसारण अधिकार लिएको संस्थाले देशभरका केबल अपरेटरसँग सहकार्य गरेर विश्व कपको प्रतक्ष्य प्रशारण हेर्न डिजिटल वालेट खल्ती तथा इसेवा मार्फत ५०० तिर्नुपर्ने हुन्छ तर डिजिटल वालेटको सेवा अप्रभावकारिताको कारण पैसा तिरेर पनि दर्शकहरुले खेलको लाइभ हेर्न पाइरहेका छैनन्।

मंसीर ४ गते बाट सुरु भएको विश्व कपको प्रतक्ष्य प्रसारण खरिद गर्न ५०० तिरेका प्रयोगकर्ताले विश्वकप खेलको प्रशारण हेर्न वञ्चित बनिरहेका छन। 

 

अर्को तर्फ भने विश्वकप तथा खेलकुदका इभेन्टको माहोलले चर्चा भैरहँदा खेलकुदको चर्चा सँगै सट्टेबाजिको पनि आगमन हुने गर्दछ। नेपालमा सट्टेबाजि अवैधानिक रहेको छ र खेल्नु खेलाउनु दुवै अवैधानिक हो तर सट्टेबाजिको लागि पैसा खुलमखुला यी डिजिटल वालेट मार्फत सहज रूपमा भइरहेको छ। 

( अर्थसंसारलाई प्राप्त स्क्रीनसट)

नेपालमा सट्टेबाजी गराइरहेको एप वान एक्स बेटमा E-sewa तथा खल्ती लगायतका अन्य डिजिटल वालेटमर्फत सहज रुपमा पैसा लोड गरिरहेका छन् र खेलिरहेका छन् । 

सट्टेबाजि सम्बन्धीसामाजिक सञ्जाल ग्रुपहरुमा अहिले सट्टेबाजि एपमा पैसा लोड गर्ने र गराउनेहरू संख्या उच्च देखिरहेको छ। 

खेलकूदको पर्दापछाडि हूने सट्टेबाजिको प्रवर्धन नेपालमा डिजिटल वालेटको निगरानी र प्रभावकारिता कम हुँदा दिन प्रतिदिन भइरहेको छ। 

अहिले डिजिटल वालेट मार्फत वर्ल्ड कप खरिद गर्दै गर्दा समस्या भोगी रहँदा अर्कोतर्फ सहज रुपमा सट्टेबाजि एपमा पैसा लोड गरेर खेलिरहेका छन। एक सामाजिक सञ्जालमा प्रयोगकर्ताले पोस्ट गर्दै ,“अहिले त वर्ल्ड कप हेर्न पैसा तिर्नु भन्दा सट्टेबाजि एपमा पैसा हाल्न सहज हुने रैछ” लेखेका छन्। 

सट्टेबाजि एप वान एक्स बेट बाट प्रत्यक्ष रूपमा भने डिजिटल वालेटको लोगो भने प्रतक्ष्य रूपमा प्रयोग भएको छैन, अर्थासंसारलाई प्राप्त स्क्रिनसटमा देखिएको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको