Like us!
Follow us!
Connect us!
Watch us!

के तपाईंको खर्च डिजिटल कारोबारले बढाइरहेको हो ?

धिरज पौड्याल

विहीबार, २४ कार्तिक २०७९, १६ : ४६ मा प्रकाशित

के तपाईंको खर्च डिजिटल कारोबारले बढाइरहेको हो ?

डिजिटल वालेटको प्रयोगले खर्च बढेको बताउछन उत्तम पौडेल। काठमाडौमा स्नातक अध्यान गर्दै आएका उत्तम डिजिटल कारोवारको सहजताका कारण खर्च बढ्दै गएको अनुभव सुनाउँछन्, “डिजिटल वालेट वा डिजिट माध्यम बाट पैसाको कारोबार गर्नु र सहजता आउनु पहिला गोजीमा जति पैसा हुन्थ्यो त्यो खर्च गरेपछि तत्काल खर्च गर्ने पैसा हुँदैनथ्यो, अहिले वालेटमा पैसा छ भन्ने हुन्छ खर्चको त हिसाब नै हुन छाडेको छ।" यो प्रश्न अहिले उत्तमको मात्र हैन प्राय धेरै डिजिटल कारोबार एप प्रयोगकर्ताहरूको हो।

डिजिटल कारोबारको प्रयोगले अहिले व्यापार तथा व्यक्तिगत कारोबारलाई सहजीकरण गर्दै आइरहेको छ। प्रविधिको विकास र पहुँचसँगै वार्षिक रूपमा डिजिटल कारोबार गर्ने प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको । प्रयोगकर्ताको संख्या सँगै डिजिटल बैंकहरु पनि डिजिटल बैंकिङमा रूपान्तरित भएका छन् र डिजिटल कारोबार गर्ने वालेटको संख्या पनि उच्च भएको छ । 

पछिल्लो समय डिजिटल कारोबार प्रवर्धन गर्न विभिन्न रास्ट्र र सरकारहरु नै लागि रहेका छन। डिजिटल कारोबारको प्रयोगमा वृद्धि हुनु आफैंमा राम्रो कुरा हो तर वालेट प्रयोग गर्ने प्रयोगकर्तामा खर्च सीमा भने रहनु आवश्यक रहन्छ। 

अब फर्कौ विषयबस्तुमा नै, हामी यस लेखमा डिजिटल कारोबारले खर्च बढाइरहेको छ भन्ने विषयमा भएका अध्ययन लाई उल्लेख गरेका छौ। 

Brain & Company को रिपोर्ट :

बिजनेस कन्सल्टिङ फर्म Brain & Company का अनुसार डिजिटल कारोबार एप प्रयोग नगर्ने प्रयोगकर्ताको तुलनामा डिजिटल कारोबार प्रयोग गर्ने प्रयोगकर्ताहरूले दुई गुणा बढी खर्च गर्ने गरेको अध्यनले एक रिपोर्टमा उल्लेख गरेको छ।

विभिन्न ५ देशका २५,००० प्रयोगकर्ताहरु बीच गरिएको सर्वेक्षणमा आधाभन्दा बढी प्रयोगकर्ताहरू डिजिटल भुक्तानिबारे जानकार रहेको भएतापनि एक चौथाई प्रयोगकर्ताहरू मात्र डिजिटल भुक्तानी प्रयोग गर्ने गरेको देखाएको छ। अध्ययनका अनुसार डिजिटल भुक्तानी प्रयोग गर्ने प्रयोगकर्ताहरूमा कम उमेरका प्रयोगकर्ता भएको र औषत प्रयोगकर्ताहरू भन्दा धनी हुने गरेको जनाएको छ। 

जर्नल अफ एशिया बिजनेस स्टडिज:

जर्नल अफ एशिया बिजनेस स्टडिजले गरेको अध्यनमा युवाहरुमा खर्चको व्यहबार, खर्च सहजता, illusion Of Liquidity ( बढी पैसाको प्रवाह भएको अनुभूति हुने) लगायतका विषयहरुले बढी खर्च गर्न प्रभाव पारिरहेको जनाएको छ । अध्ययनमा illusion Of Liquidity ले खर्च र आत्म नियंत्रण बीच मध्यस्थता गर्ने जनाएको छ। 

अध्ययनमा कोभिडको समयमा लिएको कारण तथ्याङ्क संकलनमा केही तलमाथि भएको हुन सक्ने जनाएको छ। 

युनिभर्सिटी अफ illinois को अध्ययन:

 युनिभर्सिटी अफ illinois को अध्ययनको अनुशार डिजिटल कारोबार वालेटले हामीलाई बढी खर्च गर्न प्रेरित गर्ने जनाएको छ। अध्ययनका अनुसार डिजिटल वालेटको प्रयोगले कारोबार २३.५% ले वृद्धि भएको उल्लेख गरेको छ भने कुल खर्च २.४% ले बढेको उल्लेख गरेको छ। 

२.४% सानो आकार भएको कारण यो तथ्याङ्कले कसरी प्रभाव पार्नेछ भन्ने विषयमा अध्यनमा अमेरिकामा औषत खर्च ५००० $ रहेको खण्डमा डिजिटल कारोबारका कारण ५१२०$ खर्च हुने जनाएको छ। डिजिटल कारोबारले मासिक रूपमा थप १२०$ खर्च गर्न उपभोक्तालाई प्रेरित गरेको छ । उनीहरूले खर्च गरेका पैसा कम्पण्डिङ र खर्च गर्दै जाँदा बढी खर्च हुन्छ । 

कारोबारको नयाँ विधिहरू आउँदै गर्दा थप खर्च गर्न प्रेरित हुने गरेको अनुसन्धानकर्ता हरूले प्रमाणित गरेका थिए। डेबिट कार्ड र क्रेडिट कार्डको विकास हुँदा पनि प्रयोगकर्ताले थप खर्च गर्न इच्युक रहेको देखिएको थियो। मुद्राको नयाँ रूपान्तरणले खर्चको प्रक्रियालाई प्रभावित गर्ने गर्दछ। 

गोजिमा रहेको ५०० खर्च गर्न मलाई साह्रै अफ्ट्यारो लाग्छ डिजिटल वालेटमाभएको पैसात मलाई पैसा जस्तो लाग्दैन खर्च सहजताका साथ गर्दछू । एक उपभाेक्ताले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको