Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको साधारणसभा आज बस्दै, लाभांश पारित गर्ने

अर्थ संसार

विहीबार, ०२ कार्तिक २०८०, ०९ : ३७ मा प्रकाशित

सानिमा बैंकको साधारणसभा आज बस्दै, लाभांश पारित गर्ने

सानिमा बैंक लिमिटेडको साधारणसभा आज (कार्तिक २ ) बस्दै छ। बैंकको  गत आर्थिक वर्षको २०७९/८० ले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई घोषणा गरेको लाभांश पारित गर्न बैंकले आफ्नो १९ औँ वार्षिक साधारण सभा डाकेको हो। 

सभा आज बिहीबार बिहान ११ बजे कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौँमा बोलाइएको छ। 

सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित गरी ५.७० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यस बहेको सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि संचालक समितिले अगाडी सारेको छ। 

साधारण सभा प्रयोजनार्थ बैंकले असोज २२ गते एक दिनका लागि बुकक्लोज गरेको थियो। अर्थात असोज २१ गतेसम्म  कायम रहेका सेयरधनीहरुले मात्र बैंकको साधारण सभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्नेछन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको