Like us!
Follow us!
Connect us!
Watch us!

नेदरल्यान्डको पेन्सन फन्ड विश्वकै उत्कृष्ट

अर्थ संसार

विहीबार, ०२ कार्तिक २०८०, १३ : ३२ मा प्रकाशित

नेदरल्यान्डको पेन्सन फन्ड विश्वकै उत्कृष्ट

नेदरल्यान्डको पेन्सन फन्ड विश्वकै उत्कृष्ट निवृत्तीभरण कोष बनेको छ ।

मर्सर सिएफए ईन्स्टिच्युटले सार्वजनिक गरेको ग्लोबल पेन्सन इन्डेक्समा नेदरल्यान्डले डेनमार्क, आइसल्यान्ड लगायत मुलुकलाई पछि पार्दै विश्वकै उत्कृष्ट निवृत्ती कोष घोषित भएको हो । विश्वका ४७ देश सामेल उक्त इन्डेक्समा एसियामा भने सिङ्गापुर उच्च स्थानमा रह्यो । विश्व इन्डेक्समा भने सिङ्गापुरको स्थान सातौँमा रहेको छ । यसैगरी एसियामा हङकङ र जापानको पेन्सन योजना शीर्ष तीन स्थानमा रहे ।

छिमेकी भारतको पेन्सन योजना ४५ औँ स्थानमा रहेको छ । पेन्सन योजनाहरु विश्वसनीयता, पर्याप्तता र दीगोपन गरी तीन आधारमा मूल्यांकन गरिएको थियो । रिपोर्टले जन्मदर घट्दै गर्दा विभिन्न देशका पेन्सन कोषहरुमा दबाब बढाएको देखाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको