Like us!
Follow us!
Connect us!
Watch us!

दशैं अघिको अन्तिम दिनको कारोबारमा नेप्सेमा सानो करेक्सन

अर्थ संसार

विहीबार, ०२ कार्तिक २०८०, १५ : ११ मा प्रकाशित

दशैं अघिको अन्तिम दिनको कारोबारमा नेप्सेमा सानो करेक्सन

दशैं अघिको अन्तिम दिनको कारोबारमा नेप्सेमा सानो गिरावट आएको छ ।

अघिल्लो दुई दिनमा ५६ अङ्कले बढेको नेप्सेमा बिहीबार भने सामान्य करेक्सन देखिएको हो । मङ्गलबार १३.१८ अङ्कले बढेको बजार बुधबार थप ४३.२७ अङ्कले बढेको थियो । आज बिहीबार भने बजार ४.०५ अङ्कले घटेर १९०३.८४ विन्दुमा बन्द भएको छ । दिनभरिनै उतारचढाव रहेको बजारमा बढेर १९१५ अङ्क माथि पुगे पनि अन्तिम घन्टामा घटेको थियो । अघिल्लो कारोबारको दिन कुल ९३ करोड ४८ लाख ९४ हजार दुई सय १८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने हल्का बढेर ९७ करोड ०६ लाख १२ हजार आठ सय ९२ रुपैयाँ पुगेको छ ।

आज सर्वाधिक कमाउनेतर्फ बिपिडब्ल्यु लघुवित्त, विन लघुवित्त, सानिमा जिआइसी इन्स्योरेन्स, नेपाल हाइड्रो र सिवाइसी लघुवित्त कम्पनी रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउने मध्ये अप्पर सोलु हाइड्रो, इन्फिनिटी लघुवित्त, आशा लघुवित्त र सयपत्री हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरको मूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

बिहीबार म्युचुअल फन्ड उपसूचक सर्वाधिक ०
३६ प्रतिशतले बढ्दा लगानी उपसूचक ०.१७ प्रतिशतले वृद्धि भएको छ । आज हाइड्रो उपसूचक सर्वाधिक ०.९६ प्रतिशत, फाइनान्स उपसूचक ०.९ प्रतिशतले ननलाइफ इन्स्योरेन्स उपसूचक ०.४३ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको