Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएनए अध्यक्ष पदमा डा.बद्री केसी निर्वाचित, निर्णय घोषणापछि भाँडभैलो

अर्थ संसार

शुक्रबार, ०३ कार्तिक २०८०, ०८ : ०५ मा प्रकाशित

एनआरएनए अध्यक्ष पदमा डा.बद्री केसी निर्वाचित, निर्णय घोषणापछि भाँडभैलो

गैरआवासीय नेपाली संघको (एनआरएनए) ११औं महाधिवेशनबाट अध्यक्ष पदमा डा.बद्री केसी निर्वाचित भएका छन्। तर परिणाम घोषणा संगै भाँडभैलो भएको छ ।

मत परिणाम सार्वजनिक हुँदा महासचिवका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट झरेको मत नै शून्य आएपछि विवाद सुरु भएको हो । उम्मेदवार आफैंले आफैंलाई  हाल्ने मत समेत 'काउन्ट' नभएको पाइएको भन्दै अनलाइन भोटिङ सिस्टम 'भेरो' मै चलखेल रहेको आरोप लगाइएको छ । यससंगै पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाई मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् । यस क्रममा समर्थकहरुले चर्को नाराबाजी गर्दै अध्यक्षमा जितेका बद्रि केसीबिरुद्ध नारावाजी गरेका छन् । 

एनआरएनएको अनलाइन भोटिङ सिस्टम 'भेरो' मा अध्यक्ष उम्मेदवार बद्रि केसीको सेटिङ रहेको भन्दै कडा बिरोध जनाइएको छ । केसीले आफू जित्न गोलमाल गरेर नतिजा  प्रभावित गरेको अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छ्न् । उनीहरुले भेरोमा भएको सेटिङलाई लिएर कानुनी लडाई लड्ने घोषणा गरेका छन्। 

निर्वाचनमा बद्री केसी १३७८ मत ल्याएर विजयी भएको घोषणा गरिएको छ । यस्तै आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ। 

मत परिणाम घोषणासँगै शर्मा र श्रेष्ठले नतिजा स्वीकार नगर्ने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको