Like us!
Follow us!
Connect us!
Watch us!

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार, जनरल वार्डमा सारियो

अर्थ संसार

शुक्रबार, ०३ कार्तिक २०८०, ११ : १७ मा प्रकाशित

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार, जनरल वार्डमा सारियो

चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ ।

बुधबार राती माइल्ड हर्टअट्याक भएपछि श्रेष्ठलाई बेइजिङको पेकिङ युनियन अस्पतालमा आइसियुमा राखेर आकस्मिक कोरोनरी एन्जियोग्राफी गरिएको थियो । उनको अहिलेको अवस्था सुधारोन्मुख रहेको जनाइएको छ । 

भ्रमणका क्रममा श्रेष्ठले तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागिता जनाइसकेका छन् । चिनियाँ समकक्षीको निमन्त्रणमा उनी असोज २९ गते चीन प्रस्थान गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको