Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी युवा पुस्तालाई महँगीको मार, ४३ प्रतिशतले घरमै पकाउन जोड दिन थाले

अर्थ संसार

शुक्रबार, ०३ कार्तिक २०८०, १४ : ३० मा प्रकाशित

अमेरिकी युवा पुस्तालाई महँगीको मार, ४३ प्रतिशतले घरमै पकाउन जोड दिन थाले

अमेरिकामा गेनेरेसन जी भनिने सन् २००० पछि जन्मेका नयाँ पुस्तालाई महँगीले आर्थिक सफलता हासिल गर्न चुनौती थपेको एक सर्भेले देखाएको छ ।

बैंक अफ अमेरिकाले गरेको सर्भेले करिब ७३ प्रतिशत नयाँ पुस्ताको खर्च गर्ने बानीमा महँगीले परिवर्तन ल्याएको देखाएको छ । सर्भेका अनुसार ४३ प्रतिशतले बाहिर खानभन्दा घर भित्रै पकाउन थालेका छन्, ४० प्रतिशतले कपडामा कम खर्च गर्न थालेका छन् भने ३३ प्रतिशतले अनावश्यक बाहेक किराना सामानमा खर्च गर्न कटौती गरेका छन् । यसरी खर्च कटौती गर्नेमध्ये धेरै जसोले आगामी एक वर्षसम्म पनि यसरी नै जीवनयापन गर्ने  सर्भेले देखाएको छ ।

सर्भेका अनुसार जेनेरेसन जीको प्रमुख प्राथमिकतामा उच्च अध्ययन, करिअरमा अग्रसरता र नयाँ जागिरको खोजी रहेको छ । यो वर्ष धेरै युवाहरुले नयाँ जागिरको खोजी गरेको पनि सर्भेले देखाएको छ । सर्भे २०२३ को अगस्टमा १८ वर्षमाथिका ११ सय ६७ जनामा गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको