Like us!
Follow us!
Connect us!
Watch us!

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको निधन

अर्थ संसार

सोमबार, ०७ जेठ २०८१, १० : ५८ मा प्रकाशित

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको निधन

इरानका राष्ट्रपति इब्राहिम राइसी र विदेशमन्त्री होस्सेन अमिराब्दोल्लाहिनको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।

सोमबार इरानको उत्तरपश्चिमी क्षेत्रमा प्रतिकुल मौसमबीच राइसी र अमिराब्दोल्लाहिन सवार हेलिकप्टर दुर्घटना हुँदा  दुवैजनाको मृत्यु भएको हो । हेलिकप्टरमा सवार पाइलट लगायत अन्य सबै यात्रुको पनि मृत्यु भएको जनाइएको छ । अजरबैजान र इरानको सीमाबाट करिब २० किलोमिटरको दूरीमा रहेको चट्टानी पहाडमा हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनाको कारणबारे भने इरानले आधिकारिक जानकारी दिएको छैन ।

६३ वर्षीय राइसी सन् २०२१ मा इरानको राष्ट्रपति निर्वाचित भएका थिए । त्यहाँका सर्वोच्च नेता आयोतुल्ला अलि खामेनीका विद्यार्थी मानिने राइसीलाई खामेनीका उत्तराधिकारीका रुपमा लिइने गरिएको थियो । अजरबैजानको सीमामा क्वेज कलासी बाँध उद्घाटन गर्न उनी त्यहाँ गएका थिए । घटना सुनियोजित भएको हुनसक्ने आशंकाबीच हाल केही साम्य बनेको इजरायल-इरान द्वन्द पुन: चर्किने सम्भावना बढेको भुराजनीतिक जानकारहरुले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको