Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेन युद्धमा साथको अपेक्षा गर्दै रसियन राष्ट्रपति पुटिन चीन आइपुगे

अर्थ संसार

विहीबार, ०३ जेठ २०८१, ०९ : ०४ मा प्रकाशित

युक्रेन युद्धमा साथको अपेक्षा गर्दै रसियन राष्ट्रपति पुटिन चीन आइपुगे

युक्रेनविरुद्धको युद्धमा साथको अपेक्षा गर्दै रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन चीन आइपुगेका छन् ।

बिहीबार बिहान सबैरै चीन अवतरण भएका पुटिन चीनसँगको रणनीतिक साझेदारी थप सुदृढ बनाउने उद्देश्यका साथ चीन आइपुगेका हुन् । पुन: राष्ट्रपति चुनिए पछि पहिलो वैदेशिक भ्रमणका लागि चीन छानेर पुटिनले दुई देशबीचको सम्बन्ध उच्च प्राथमिकतामा रहेको विश्वलाईसमेत जनाउ दिएका छन् । पुटिनले भ्रमणबाट औद्योगिक र उच्च प्रविधि, शान्तिपूर्ण आणविक उर्जाको विकास, अन्तरीक्ष, आर्टिफिसियल इन्टेलिजेन्स, उर्जाका नवीकरणीय स्रोतको विकास जस्ता क्षेत्रमा सहकार्य बढाउने प्रयास रहने बताएका छन् । पुटिनको भ्रमण चिनियाँ सामाजिक सञ्जाल वेइबोमा समेत ट्रेन्डिङमा आएको छ ।

रसिया र चीनले पुटिनको २०२२ को भ्रमणमा 'लिमिटलेस' अर्थात सीमाहीन सम्बन्ध भएको घोषणा गरेका थिए । त्यसलगत्तै रसिया फर्किएको केही दिनमा रसियाले युक्रेनमा आक्रमण थालेको थियो । यस भ्रमण पछि पनि केही हुनसक्ने भन्दै केही समयअघि मात्र अमेरिकी विदेशसचिव एन्टोनी ब्लिङ्केनले चीन भ्रमण गरेका थिए । उनको भ्रमणलाई चेतावनीको शैलीमा हेरिएको कतिपय कुटनीतिक विज्ञहरुको भनाई छ ।

भ्रमण टोलीमा विदेशमन्त्री सर्गेइ लाभ्रोभ, रक्षा मन्त्री आन्द्रेइ बेलोउसोभ, रक्षा परिषद् सचिव सर्गेइ सोइगु, विदेश नीति विज्ञ युरी युसाकोभलगायत रहेका छन् । पुटिन शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको