Like us!
Follow us!
Connect us!
Watch us!

बेलायतको भल्टमा रहेको एक सय टन सुन भारतको केन्द्रीय बैंकले स्वदेशी भल्टमै भित्र्यायो

अर्थ संसार

शनिबार, १९ जेठ २०८१, १० : ४० मा प्रकाशित

बेलायतको भल्टमा रहेको एक सय टन सुन भारतको केन्द्रीय बैंकले स्वदेशी भल्टमै भित्र्यायो

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले बेलायतको भल्टमा रहेको एक सय टन सुन स्वदेशी भल्टमै भित्र्याएको छ ।

सोही परिमाणको थप सुन आउँदा महिनामा फेरि स्वदेशमै भित्र्याउने तयारी रहेको पनि जनाइएको छ । भण्डारण क्षेत्रको विविधीकरण तथा लजिस्टिक कारण देखाउँदै भारतले सुन स्वदेशी भल्टमा स्थानान्तरण गरेको हो । मार्चको अन्त्यसम्म भारतको केन्द्रीय बैंकसँग ८२२.१० टन सुन रहेको छ जसमध्ये ४०८.३१ टन सुन स्वदेशी भल्टमै राखिएको छ ।

बैंक अफ इङ्गल्यान्डको भल्टमा विश्वका कैयौं देशका केन्द्रीय बैंकले सुन भण्डारण गर्ने गरेका छन् । अस्थिर विनिमयदर तथा भुराजनीतिक जोखिमबीच विश्वभरका केन्द्रीय बैंकले सुन सञ्चय गरिरहेका छन् जसले सुनको मूल्य अझ माथि माथि पुगिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको