Like us!
Follow us!
Connect us!
Watch us!

इजरायलमा मारिएका थप एक विद्यार्थीको शव नेपाल ल्याइयो

अर्थ संसार

विहीबार, ०९ कार्तिक २०८०, ०९ : ५६ मा प्रकाशित

इजरायलमा मारिएका थप एक विद्यार्थीको शव नेपाल ल्याइयो

इजरायलमा मारिएका थप एक विद्यार्थीको शव नेपाल ल्याइएको छ । बिहीबार बिहान ७ बजे फ्लाई दुबईको विमानमार्फत उक्त शव नेपाल ल्याइएको हो ।

बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव उक्त उडानमार्फत नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । मृतक १० मध्ये आज एक जनाको गरि कुल पाँच जनाको शव नेपाल ल्याइएको छ भने अन्य पाँच जनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएको जनाइइको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका गणेशकुमार नेपालीसहित दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, कैलाली बौनियाँ-३ का आशिष चौधरी, धनुषा सापही-६ का आनन्द साह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, डोटी लामीखाल-८ का पदम थापा र सल्यान सारदा-३ का प्रवेश भण्डारीको हमासको आक्रमणमा मृत्यु भएको थियो ।

आक्रमणपछि सम्पर्कविहीन रहेका कञ्चनपुर भीमदत्त-३ का विपीन जोशीको खोजीकार्य जारी रहेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको