Like us!
Follow us!
Connect us!
Watch us!

बेइजिङ पुगे उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

अर्थ संसार

सोमबार, १२ चैत्र २०८०, १४ : ०० मा प्रकाशित

बेइजिङ पुगे उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि राजधानी बेइजिङ पुगेका छन् ।

चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री श्रेष्ठ चीन भ्रमणका लागि त्यसतर्फ लागेका हुन् । परराष्ट्रमन्त्री श्रेष्ठलाई बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गरेका थिए । 

एक साता लामो भ्रमणका क्रममा उनले समकक्षी वाङलगायत विभिन्न उच्चस्तरका व्यक्तित्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । श्रेष्ठ चैत १९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको