Like us!
Follow us!
Connect us!
Watch us!

भोलिदेखि यी दुई कम्पनीको आइपिओमा दिन सकिन्छ आवेदन

अर्थ संसार

विहीबार, ०९ कार्तिक २०८०, ११ : ४२ मा प्रकाशित

भोलिदेखि यी दुई कम्पनीको आइपिओमा दिन सकिन्छ आवेदन

वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि भोलि देखि दुई कम्पनीले आइपिओ निष्कासन गर्दैछन् ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले कार्तिक १० गतेदेखि आइपिओ निष्कासन गर्न लागेका हुन् । मुक्तिनाथ कृषि कम्पनीले आफ्नो जारी पुँजी ७० करोड रुपैयाँको २०% ले हुन आउने १४ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सोही १४ करोडको १० प्रतिशतले हुन आउने एक करोड ४० लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अङ्कित एक लाख ४० हजार कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन खुला गर्न लागेको हो ।

उक्त आइपिओमा कार्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । यस धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले कृषक तथा कृषि व्यवसायिहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक गुणस्तरीय उत्पादनका साधनहरु जस्तै मल, बिउ, विषादी, औजार उपकरण सहित अनुसन्धान, विकास, प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको साथै कृषि उत्पादनहरुको खरिद सुनिश्चितता गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धी क्रियाकलापहरु गरिरहेको जनाएको छ ।

यसैगरी कम्पनीले कृषकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने तथा गुणस्तरीय सेवा कृषकसम्म पुर्याउनको लागि वडा, गाउँपालिका, नगरपालिका र जिल्लामा स्थापना भइसकेका तथा नयाँ स्थापना गरी व्यवसाय गर्न चाहने सहकारी, कृषि कम्पनी तथा फर्महरुलाई व्यापक रुपमा सहयोग तथा प्रवर्द्धन गरी स्थापित गराउनका लागि उत्पादन, प्रशोधन (उद्योग) र वितरणमा व्यवस्थापकीय काम गर्ने उद्देश्य लिएको छ ।

भोलिदेखि नै नेपाल वेयरहाउजिङ्ग कम्पनीले पनि वैदेशिक रोजगारमा रहेका नेपालीका लागि १ लाख ३७ हजार ५०० कित्ता प्राथमिक निष्कासन खुला गर्न लागेको छ । कम्पनीले आफ्नो जारी पुँजी ६८ करोड ७५ लाखको २० प्रतिशतले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसमध्ये कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अङ्कित एक करोड ३७ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो ।

उक्त आइपिओमा पनि कार्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । यस धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले कृषक लगायत ग्राहकहरुले भण्डारण गर्नका ल्याएका अन्नको गुणस्तर ह्रास हुन नदिई, अन्नलाई वैज्ञानिक ढंगले भण्डारण गरी अन्नको प्रयोग अवधिलाई लम्ब्याउने कार्य सहितको सेवा दिने जनाएको छ ।

कम्पनीले खाद्यान्न भण्डारणको साथै पोस्ट हार्भेस्ट सुविधा, वित्तीय सुविधा, मण्डी बजार व्यवस्थापन, थोक परिमाणमा ढुवानी तथा एकीकृत कृषि सुविधा प्रदान गर्दै आएको पनि उल्लेख गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको