Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : देशको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहने

अर्थ संसार

शनिबार, ११ कार्तिक २०८०, ०७ : ५४ मा प्रकाशित

आजको मौसम : देशको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहने

जल तथा मौसम विज्ञान विभागले नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेपनि देशभरकै मौसम सामान्यतया सफा रहने जनाएको छ ।

विभागको मौसमी बुलेटिन अनुसार अहिले पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  विभागका अनुसार आज राति देशभर आंशिक बदली देखि सामान्यतया सफा मौसम रहनेछ ।

देशको पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा तथा  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा वर्षा, चट्याङ्ग र हिमपातको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउ अपनाउन विभागले अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको