Like us!
Follow us!
Connect us!
Watch us!

बङ्गालको खाडीमा रेमल चक्रवातको विकास, नेपालका यी स्थानमा सामान्य प्रभाव पर्ने...

अर्थ संसार

आइतबार, १३ जेठ २०८१, १० : ३७ मा प्रकाशित

बङ्गालको खाडीमा रेमल चक्रवातको विकास, नेपालका यी स्थानमा सामान्य प्रभाव पर्ने...

बङ्गालको खाडीमा प्रिमनसुनको पहिलो चक्रवात रेमल विकसित भई पश्चिम बङ्गालमा आज ल्यान्डफल गराउने भएको छ ।

पश्चिम बङ्गालको सागर टापु र बङ्गलादेशको खेपुपारा बीचको भूभागमा आइतबार मध्यराति चक्रवातले भारी वर्षा गराउने भारतीय मौसम विभागले जानकारी दिएको छ । अबको ६ घण्टामा गम्भीर चक्रवातीय आँधीका रुपमा विकसिय भई बङ्गलादेश र बङ्गाल आसपासका तटीय क्षेत्रमा भारी वर्षा गराउने विभागले जनाएको छ । आँधीका कारण तटीय क्षेत्रमा डेढ मिटरसम्म छाल उठेर ती स्थान डुबानमा पर्ने चेतावनी दिइएको छ ।

पश्चिम बङ्गालका तटीय क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ भने कोलकाता, हाउरा, नाडियालगायत जिल्लामा अरेन्ज अलर्ट जारी गरिएको छ । मौसम विभागले माझीहरुलाई सोमबार बिहानसम्म तटीय क्षेत्र तथा समुन्द्रमा नजान समेत अनुरोध गरेको छ । यसैगरी विभागले ओडिसामा आइतबार र सोमबार अति भारी वर्षा हुने पनि जनाएको छ भने सोमबार र मङ्गलबार उत्तरपूर्वी भारतका राज्यमा भारी वर्षाको प्रक्षेपण गरेको छ ।

चक्रवातले उत्तरपूर्वी दिशा समाएका कारण नेपालमा भने त्यसको न्यून प्रभाव मात्र रहने जनाइएको छ । चक्रवातको बाहिरी भागका थोरै बादल नेपालको पूर्वी क्षेत्रसम्म आइपुग्ने जनाइएपनि त्यसैले खासै ठूलो वर्षा भने गराउने छैन । सोमबार र मङ्गलबार कोशी र पूर्वी मधेश प्रदेशका भूभागमा सामान्य वर्षाको सम्भावना भने रहने जनाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको