Like us!
Follow us!
Connect us!
Watch us!

देशभर गर्मीको कहर, भैरहवामा ४३ डिग्री

अर्थ संसार

आइतबार, ०९ बैशाख २०८१, १३ : १२ मा प्रकाशित

देशभर गर्मीको कहर, भैरहवामा ४३ डिग्री

लामो समयदेखि वर्षा हुन नसक्दा देशभर गर्मी अत्यधिक बढेको छ ।

आइतबार भैरहवाको अधिकतम तापक्रम ४३.६ डिग्री पुग्दा अन्य शहरमा पनि अत्यधिक गर्मी महसुस भएको छ । आज काठमाडौंको अधिकतम तापक्रम ३२.१, नेपालगन्जको ४०.६, सिमराको ४०.३, धनगढीको ३९.८ तथा जनकपुरको अधिकतम तापक्रम ३९.३ डिग्री सेल्सियम मापन भएको छ । ताप्लेजुङ, ओखलढुंगा, जुम्ला लगायत उच्च पहाडी जिल्लामा पनि तापक्रम २५ डिग्रीको आसपास रहेको छ ।

पोखराको अधिकतम तापक्रम ३३.२ डिग्री सेल्सियस रहेको छ । आज पूर्वी ताप्लेजुङमा ६.६ मिलिमिटर वर्षाको सम्भावना रहेको छ भने देशका बाकिँ स्थानमा वर्षाको न्यून सम्भावना रहेको छ । लामो समयदेखि पानी नपरेको तथा आकाश धुम्मिएको अवस्थामा रहँदा जमिनले हिट ट्र्याप गर्दा वातावरण थप सुख्खा भएको हो ।

खडेरीका कारण देशका थुप्रै स्थानमा डढेलो समेत लागेको छ भने धुवाँ धुलो उडेर भिजिबिलिटी न्यून भएको छ । भिजिबिलिटीका कारण देशका कतिपय स्थानमा उडानसमेत प्रभावित भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको