Like us!
Follow us!
Connect us!
Watch us!

तातो हावाको लहर 'लू' बाट बालबालिकालाई यसरी जोगाऔँ...

अर्थ संसार

विहीबार, १७ जेठ २०८१, १२ : २५ मा प्रकाशित

तातो हावाको लहर 'लू' बाट बालबालिकालाई यसरी जोगाऔँ...

गर्मी अत्यधिक बढेसँगै तराईका जिल्लामा तातो हावाको लहर अर्थात 'लू' चल्न थालेको छ । मससुन शुरु हुन अझै केही समय लाग्ने हुँदा अझै केही दिन प्रचण्ड गर्मी खेप्नु पर्ने मौसमविद् हरुको भनाई छ ।

लूले सबै उमेरसमूहका व्यक्तिलाई असर गर्ने भएपनि बालबालिकालाई गम्भीर असर पुर्याउन सक्छ यसकारण लूबाट वचन बच्चालाई चर्को घाम लागेको बेला बाहिर निस्कन दिन नहुने स्वास्थ्यविद्हरु बताउँछन् । बिहान र बेलुकीको समयमा मात्रै घर बाहिर खेल्न दिने, घर बाहिर निस्कनु पर्दा टोपी वा पातलो कपडाले टाउको ढाक्न र छाता ओढ्न लगाउने, हल्का रङको पातलो र खुकुलो सुतीको कपडा लगाउन दिने, पानी साथमै बोक्न र तिर्खा नलागे पनि बेला बेला पानी खाइरहन बालबालिकालाई सिकाउन पर्ने पनि स्वास्थ्यविद्हरु बताउँछन् ।

यसैगरी सर्वत, कागती पानी, ताजा फलफूलको रस, जीवनजल (electrolyte) पिउने तर धेरै चिनी भएको झोल पदार्थ (कोल्ड ड्रिङ्क्स) नपिउने, पत्रु खाना (जङ्क फूड) नखाने घरमै बनाएको खाना, फलफूल र सलाद खान दिने गर्नुपर्दछ । गाडी ततिएर र निसास्सिएर बच्चाको ज्यान पनि जान सक्ने हुँदा रोकीराखेको गाडीमा बच्चालाई एक्लै छोडेर नजान पनि सुझाव दिइएको छ ।

बच्चालाई रिङ्गटा लागेमा, वान्ता भएमा, छाती दुखेमा, लगातार टाउको दुखेमा वा सास फेर्न अप्ठ्यारो भएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था लैजान पनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुझाव दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको