Like us!
Follow us!
Connect us!
Watch us!

दिल्लीको तापक्रम इतिहासकै उच्च विन्दुमा, ५२ डिग्री सेल्सियस नाघ्दा बिजुलीको माग पनि ८३०० मेगावाट

अर्थ संसार

बुधबार, १६ जेठ २०८१, १८ : ०४ मा प्रकाशित

दिल्लीको तापक्रम इतिहासकै उच्च विन्दुमा, ५२ डिग्री सेल्सियस नाघ्दा बिजुलीको माग पनि ८३०० मेगावाट

भारतको राजधानी नयाँ दिल्लीमा इतिहासकै उच्च तापक्रम कायम हुँदा बिजुलीको माग पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

दिल्लीको मङ्गेशपुरस्थित तापक्रम मापन गर्ने एक स्टेशनले दिउँसो २:३० बजे ५२.३ डिग्री सेल्सियस तापक्रम मापन गरेको हो । यसअघि सन् २००२ मा मापन गरिएको ४९.२ डिग्री सेल्सियस सबैभन्दा उच्च तापक्रम रहेको थियो । ३ करोड जनसंख्या भएको दिल्लीमा तापक्रम उच्च भएसँगै मौसम विभागले रेड अलर्ट नोटिससमेत जारी गरेको छ । हिट स्ट्रोक लगायत उच्च तापक्रमसँग सम्बन्धित अन्य बिमारीहरु देखा पर्न सक्ने हुँदा सबै उमेरसमूहका मानिसले सावधानी अपनाउनु पर्ने जनाइएको छ ।

यता गर्मी बढेसँगै कुलर, एसी, फ्रीज, पङ्खा लगायत विद्युतीय सामानको प्रयोगमा वृद्धि हुँदा बिजुलीको माग पनि ८३०० मेगावाट नाघेको छ । इतिहासकै उच्च बिजुलीको मागका पछाडि एसीको अत्यधिक प्रयोग हुनसक्ने बिजुली विभागका कर्मचारीको भनाई छ । दिल्ली बाहेक राजस्थान, हरियाणा लगायत स्थानमा पनि तापक्रम ५० डिग्री नाघेको छ । त्यहाँ मौसम प्रक्षेपण विभागले बिहीबार देखि हिटवेभबाट बिस्तारै राहत हुँदै जाने बताएको छ ।

भोलिदेखि बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त बादलले तापक्रम बिस्तारै घटाउँदै जाने प्रक्षेपण गरिएको छ । उत्तरी भारत लगायत नेपालमा पनि मनसुनी वर्षा गराउने उक्त बादल यसपटक जुनको पहिलो सातासम्म भारतभरिनै छाइसक्ने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको