Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्गको आइपिओमा माग भन्दा अधिक आवेदन

अर्थ संसार

आइतबार, १२ कार्तिक २०८०, १० : २२ मा प्रकाशित

मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्गको आइपिओमा माग भन्दा अधिक आवेदन

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि खुलाएको आइपिओमा मागभन्दा अधिक आवेदन परेको छ । दुवै कम्पनीले कार्तिक १० गतेदेखि कार्तिक २४ गतेसम्म आइपिओ निष्कासन खुला गरेका हुन् । 

मुक्तिनाथ कृषि कम्पनीले एक सय रुपैयाँ अङ्कित एक लाख ४० हजार कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन खुला गरेको थियो । पछिल्लो तथ्यांक अनुसार उक्त कम्पनीको आइपिओमा १३ हजार दुई सय ७७ आवेदकले तीन लाख ३४ हजार सात सय ९० कित्ताका लागि आवेदन माग गरेका छन् । यस धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

यसैगरी नेपाल वेयरहाउजिङ्ग कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि १ लाख ३७ हजार ५०० कित्ता प्राथमिक निष्कासन खुला गरेकोमा १२ हजार नौ सय ९९ आवेदकले तीन लाख ४३ हजार ६ सय ९० कित्ताका लागि आवेदन माग गरेका छन् । यस धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको