Like us!
Follow us!
Connect us!
Watch us!

अर्ना बियरले टी-२० विश्वकप छनोटमा एक रनको एक हजार नगद दिने

अर्थ संसार

आइतबार, १२ कार्तिक २०८०, २१ : १५ मा प्रकाशित

अर्ना बियरले टी-२० विश्वकप छनोटमा एक रनको एक हजार नगद दिने

अर्ना वियरले टी-२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ ।

अर्ना वियरले टी–२० विश्वकप छनोटमा नेपाली खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।

त्यस्तै बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

अर्ना बियरले यसअघि सम्पन्न एसिया कप क्रिकेटमा पनि चौका, छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार दिएको थियो ।

टी–२० विश्वकपको एसिया छनोट भोलि सोमबारदेखि काठमाडौंमा सुरु हुँदै छ । टी–२० विश्वकपको एसिया छनोट अन्तर्गन नेपालले पहिलो खेल भोली सोमबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरुद्ध खेल्दैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको