Like us!
Follow us!
Connect us!
Watch us!

बुक विल्डिङ्ग आईपीओका लागि योग्य संस्थागत लगानीकर्तालाई दर्ता र नवीकरण गर्न नेप्सेको आग्रह

अर्थ संसार

मंगलबार, १४ कार्तिक २०८०, ०९ : ५१ मा प्रकाशित

बुक विल्डिङ्ग आईपीओका लागि योग्य संस्थागत लगानीकर्तालाई दर्ता र नवीकरण गर्न नेप्सेको आग्रह

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपीओको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न अनुमति प्राप्त संस्थालाई दर्ता हुन आउँन आग्रह गरेको छ  । नेप्सेले दर्ता तथा वार्षिक नवीकरण शुल्क बुझाउन पनि अनुरोध गरेको छ ।

नेप्सेले यसअघि दर्ता भइसकेका योग्य संस्थागत लगानीकर्ताहरुका लागि नवीकरणबापत ५ हजार रुपैयाँ र नयाँ दर्ता हुने योग्य संस्थागत लगानीकर्ताहरुका लागि दर्ता शुल्क १० हजार रुपैयाँ तोकेको छ । हाल नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न  १३५ संस्थाले अनुमति पाएका छन् ।   

नेप्सेले बुक विल्डिङ विधिमार्फत् गरिने निष्कासनमा शिलबन्दी बोलकबोल सञ्चालनमा सहभागी हुन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरुलाई नवीकरण शुल्क ग्लोबल आइएमई बैंक कमलादीमा बुझाउन भनेको छ ।

बुक विल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गर्ने सर्वोत्तम सिमेन्टले निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। तेस्तै रिलायन्स स्पिनिङ मिल्सले को तयारी गरिरहेको छ। 

यस विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नु पर्ने व्यवस्था रहेको छ । खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नुपर्ने हुन्छ। तेस्तै संस्थागत लगानीकर्तालाई निष्काशन गरेको धितोपत्र बजारमा सूचिकरण भएको मितिले छ महिना सम्म किनबेच गर्न सक्ने छैन । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको