Like us!
Follow us!
Connect us!
Watch us!

इजराइलद्वारा युद्धविराम अस्वीकार

अर्थ संसार

मंगलबार, १४ कार्तिक २०८०, १२ : ४७ मा प्रकाशित

इजराइलद्वारा युद्धविराम अस्वीकार

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गर्नुभएको छ । “युद्धविराम गर्नु भनेको हमास र आतङ्कवादसँग आत्मसमर्पण गर्नु हो”, युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको माग अस्वीकार गर्दै उनले भने ।

“यस्तो हुने छैन”, विदेशी पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “इजराइलले विजय नभएसम्म यो लडाइँ लडिरहने प्रतिज्ञा गरेको छ ।”

अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले आफ्नो भूमिमा आश्चर्यजनक हमला गरेपछि इजराइलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । हमासले गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय जना मारिएका थिए भने दुई सय ३० नागरिकलाई बन्धक बनाएको थियो । 

त्यसयता इजराइलले हमास शासित गाजाविरुद्ध ठूलो हवाई बमबारी अभियान चलायो । गाजाभित्र भने लामो समयदेखि अपेक्षित स्थल युद्ध भइरहेको थियो । 

सेनाले उत्तरी गाजा क्षेत्रमा इजराइली पैदल सेनाको तस्बिर जारी गरेको छ । सोमबार प्रत्यक्षदर्शीहरूले गाजाको बाहिरी भागमा ट्याङ्कहरू रहेको बताएका छन् । 

इजराइलले २४ घन्टामा छ सय लक्ष्यमा निशाना बनाएको बताएको छ । यो अहिलेसम्मको सबैभन्दा ठूलो बमबारीमध्येको एक हो । सेनाले हमासबाट हराइरहेकी एक महिलालाई बचाएको बताएको छ । 

प्रधानमन्त्री नेतान्याहूले युद्धले हमासलाई ‘समाप्त’ पार्ने वाचा गर्नुभएको छ । उहाँका अनुसार हमास समाप्त भएपछि यस्ता समूहका हमलाहरू दोहोरिने सम्भावना हुँदैन । 

इजराइलले अक्टोबर ७ मा हमास र अन्य प्यालेस्टिनी लडाकू समूहले बन्धक बनाएका बन्धकहरूलाई मुक्त गर्ने पनि प्रतिबद्धता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घले बारम्बार मानवीय युद्धविरामको आह्वान गरेको छ । सोमबार प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसङ्घीय एजेन्सी युएनआरडब्लुले इजराइलले घेराबन्दी गरेको क्षेत्रमा मानवीय सहयोग पूरा गर्न अपर्याप्त रहेको भन्दै उक्त क्षेत्रमा सीमित सङ्ख्यामा ट्रकहरू प्रवेश गरेको बताएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको