Like us!
Follow us!
Connect us!
Watch us!

टि-२० विश्वकप छनोटमा मलेसियाले नेपाललाई दियो एक सय ६६ रनको लक्ष्य

अर्थ संसार

मंगलबार, १४ कार्तिक २०८०, १५ : ३१ मा प्रकाशित

टि-२० विश्वकप छनोटमा मलेसियाले नेपाललाई दियो एक सय ६६ रनको लक्ष्य

आईसीसी टि-२० विश्वकप २०२४ को छनोटअन्तर्गत आज भइरहेको खेलमा मलेसियाले नेपाललाई एक सय ६६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा टस जितेर मलेसियाले ब्याटिङ रोजेको थियो । ब्याटिङको निर्णयलाई सही सावित गर्दै मलेसियाले शानदार शुरूवात गर्यो । टोलीले पावरप्लेमै एक विकेटको क्षतिमा ५८ रन बनायो । मलेसियाका लागि ओपनर सायद अजिज मुबारकले ६८ तथा जुबाइदी जुल्किफ्लेले २४ रन बनाए । सर्बिन मुनिएन्डी र विजय उन्नीले १३-१३ रन बनाए  तर त्यसबाहेकका खेलाडीले उल्लेख्य योगदान नसक्दा टोली २० ओभरमा एक सय ६५ रनमा समेटियो ।

बलिङतर्फ नेपालका अविनाश बोहोराले ४ विकेट लिए । सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले एक-एक विकेट लिए । प्रतिउत्तरमा ब्याटिङ थालेको नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई व्यक्तिगत ४२ रनमा गुमाएको छ । नेपालले पावरप्लेको ६ ओभरमा ५९ रन बनाएको छ । अहिले कुशल मल्ल १० रन र आसिफ सेख ७ रन बनाउँदै क्रीजमा छन् ।

पहिलो खेलमा सिङ्गापुरलाई हराएको नेपाल आजको खेल पनि जित्दै सेमिफाइनलमा पुग्ने दाउमा हुनेछ । हिजो ओमानसँग पराजित मलेसिया भने प्रतियोगितामा कमब्याक गर्ने उद्देश्यसाथ अब फिल्डिङमा उत्रनेछ । आठ टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोली टी-२० विश्वकपमा छनोट हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको