Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको ओटिसि बजारमा पहिलो त्रैमासमा एक अर्ब ७१ करोडको कारोबार, वर्डलिङ्कको सेयर सबैभन्दा महँगो

अर्थ संसार

मंगलबार, १४ कार्तिक २०८०, १७ : ०० मा प्रकाशित

नेप्सेको ओटिसि बजारमा पहिलो त्रैमासमा एक अर्ब ७१ करोडको कारोबार, वर्डलिङ्कको सेयर सबैभन्दा महँगो

नेप्सेमा सूचीकृत नभएका कम्पनीहरुको कारोबार हुने ओभर द काउन्टर (ओटोसी) बजारमा यस आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ७१ करोड भन्दा बढीको कारोबार भएको छ ।

नेप्सेले प्रकाशित गरेको तथ्यांक अनुसार यस अवधिमा २९ कम्पनीको एक करोड ३६ लाख ७२ हजार एक सय २० कित्ता सेयर खरिद बिक्री भएको छ । सबैभन्दा धेरै सेयर खरिद बिक्री हुने कम्पनीमा आइएमई डिजिटल सोलुसन रहेको छ जसको २९ लाख ४० हजार कित्ता सेयर प्रति कित्ता १३६.३६ रुपैयाँका दरले खरिद बिक्री भएको छ । यसैगरी इलेक्ट्रो पावर कम्पनीको २३ लाख ९० हजार एक सय र एभरेस्ट हस्पिटालिटीको २० लाख ४५ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

यसैगरी ओटिसी बजारमा सबैभन्दा महँगो सेयर भने वर्ल्ड लिङ्क कम्युनिकेसनको बनेको छ । उक्त कम्पनीको सेयर प्रति कित्ता नौ हजार तीन सय ७५ रुपैयाँमा खरिद बिक्री भएको छ । कुल २९ मध्ये १३ कम्पनीको सेयर प्रति कित्ता एक सय रुपैयाँमै कारोबार हुँदा बाकिँ कम्पनीको सेयर भने एक सय भन्दा बढी मूल्यमा कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको