Like us!
Follow us!
Connect us!
Watch us!

क्यान भन्छ सकभर घर मै बसेर सेमिफाइनल हेर्नुहोस्

अर्थ संसार

विहीबार, १६ कार्तिक २०८०, १६ : १४ मा प्रकाशित

क्यान भन्छ सकभर घर मै बसेर सेमिफाइनल हेर्नुहोस्

आइसीसी टि-२० विश्वकप एसिया छनोय अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भोलि हुने नेपाल र यूएईबीचको सेमिफाइनल खेल सकभर घर मै बसेर हेर्न क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले दर्शकलाई अनुरोध गरेको छ ।

खेलका लागि ३५ सय टिकट अनलाइन मार्फत आइएमई पे एपबाट मात्र काट्न सकिने जनाउँदै क्यानले थप टिकट काट्न मैदानमा टिकट बुथ नहुने जनाएको छ । अब दर्शकले सीमित टिकट अनलाइनबाटै काटेर खेल हेर्न मूलपानी मैदान पुग्नुपर्नेछ । क्यानले सेमिफाइनल सकभर खेल घरमै बसेर हेर्न पनि अनुरोध गरेको छ । 

क्यानले नेपाल क्रिकेट संघ, क्रिकेटसँग सम्बन्धित अन्य अतिथिलाई समेत मुलपानी मैदानमा हुने सेमिफाइनल खेलको पास वितरण नगरेको जनाएको छ । नेपालको हरेक खेलमा ठूलो संख्यामा उपस्थित हुने दर्शकलाई टोलीको १२ खेलाडीका रुपमा समेत हेरिने गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको