Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल विश्वकपमा छनोट भएपछि नेपाली बुचरले ६० दर्शकलाई आधा किलो मासु उपहार दिँदै, ४० जनालाई पुरस्कार बाकिँ

अर्थ संसार

शुक्रबार, १७ कार्तिक २०८०, १७ : ०६ मा प्रकाशित

नेपाल विश्वकपमा छनोट भएपछि नेपाली बुचरले ६० दर्शकलाई आधा किलो मासु उपहार दिँदै, ४० जनालाई पुरस्कार बाकिँ

जारी विश्वकप टि-२० एसिया छनोट प्रतियोगितामा खेलाडीलाई पुरस्कार दिने अभियान अब दर्शकलाई उपहार दिनेसम्म पुगेको छ ।

नेपाली बुचर नामक कम्पनीले नेपाल सेमिफाइनल जित्दै विश्वकपमा छनोट भएमा खेल हेर्न पुगेका ६० दर्शकलाई आधा-आधा किलोका दरले कुखुराको मासु उपहार दिने घोषणा गरेको थियो । सोही घोषणा अनुसार दर्शकलाई पुरस्कार प्रदान गरिरहेको कम्पनीले जनाएको छ । हालसम्म २० दर्शकले पुरस्कार प्राप्त गरिसकेको र थप ४० जनालाई पुरस्कार बाकिँ रहेको नेपाली बुचरले जनाएको छ ।

कम्पनीको लगनखेल आउटलेटबाट पुरस्कार बाडिँइरहेको पनि जनाइएको छ । उपहार पाउन भने दशक खेल हेर्न मैदानमै पुगेको हुनुपर्ने कम्पनीले जनाएको छ । खेलको टिकट देखाएर मासु उपहार लिन सकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको