Like us!
Follow us!
Connect us!
Watch us!

लिभोनको नयाँ प्रोटिन श्याम्पू बजारमा

अर्थ संसार

शनिबार, १८ कार्तिक २०८०, १७ : ३१ मा प्रकाशित

लिभोनको नयाँ प्रोटिन श्याम्पू बजारमा

लिभोनले आधिकारिक रुपमै नेपालमा आफ्नो नयाँ प्रोटिनले सम्बृद्ध उत्पादन लिभोन प्रोटिन श्याम्पूको बिक्री वितरणको सुरुवात गरेको छ।

यस लिभोनले य मानिसहरुलाई सुन्दर, स्वस्थ र आकर्षक कपाल बनाउनका लागि बलियो साथ प्रदान गर्दछन्। कपालको हेरचाहका लागि चाहिने विभिन्न आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएका उत्पादनहरूको फराकिलो दायराका साथ लिभोनले नेपालमा सन्तुष्ट ग्राहकहरू प्रति समर्पित रहेको बताएको छ। 

लिभोनले कपालको हेरचाहमा उत्कृष्टता प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई जोड दिँदै उदाउँदा दुई नेपाली अभिनेत्रीहरु मुना गौचन र श्रद्धा सुवालसँग साझेदारी पनि गरेको छ।

प्रोटिनको सकारात्मक गुणले सम्पन्न यो श्याम्पू तीन फरक भेरियन्टमा प्राप्त हुनेछ  नरीशिङ केयर्, एन्ती हेयरफल र ड्यामेज रिपेयर । नेपालमा बढ्दो प्रदूषण र धुलोका कारण कपालमा ज्यादा असर हुने हुँदा न्यू लिभोन श्याम्पूमा भएको प्रोटिन सोल्युसनले तपाईंको कपाललाई पुगेको क्षतिको रिपेयर गर्नेछ र यसलाई अझै सिल्की, चम्किलो र बलियो बनाउने कम्पनीको ठहर छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको