Like us!
Follow us!
Connect us!
Watch us!

सप्तकोशी विकास बैंकको निराशाजनक पहिलो त्रैमासिक विवरण, वितरणयोग्य मूनाफा करिब ५० करोडले ऋणात्मक

अर्थ संसार

आइतबार, १९ कार्तिक २०८०, १६ : २४ मा प्रकाशित

सप्तकोशी विकास बैंकको निराशाजनक पहिलो त्रैमासिक विवरण, वितरणयोग्य मूनाफा करिब ५० करोडले ऋणात्मक

सप्तकोशी विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । ब्याज आम्दानीमा गिरावट हुँदा कम्पनीको घाटा उल्लेख्य रुपमा बढेको हो ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद घाटा गिरावट भएको छ । यस त्रैमासमा बैंकको खुद घाटा ११ करोड ९२ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा १३ करोड ७ लाख रुपैयाँ रहेको थियो । खुद घाटा करिब ८.८५ प्रतिशतले घटेको हो ।

खुद ब्याज आम्दानी - पहिलो त्रैमास सम्ममा फाइनान्सले २ करोड ३८ लाख रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ५ करोड ४८ लाख रहेको थियो । यो करिब ५६.५ प्रतिशतको गिरावट हो ।

सञ्चालन मुनाफा - बैंकको सञ्चालन मुनाफा पनि घाटा मै छ । पहिलो त्रैमाससम्म बैंकको सञ्चालन घाटा ११ करोड ९२ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा १३ करोड ७ लाख रुपैयाँ रहेको थियो । खुद घाटा करिब ८.८५ प्रतिशतले घटेको हो ।

वितरणयोग्य मुनाफा : ४९ करोड ९९ लाख रुपैयाँले ऋणात्मक

खराब कर्जा अनुपात : अघिल्लो वर्षको १४.१९ प्रतिशत रहेको खराब कर्जाको अनुपात यो वर्ष बढेर १८.५ प्रतिशत  पुगेको छ।

इम्पेरमेन्ट चार्ज : १० करोड ३४ लाख

प्रति सेयर आम्दानी : इपीएस यो त्रैमासमा ५७.१७ रुपैयाँले ऋणात्मक भएको छ । 

मूल्य आम्दानी अनुपात : ३.९४ गुणाले ऋणात्मक

प्रति सेयर नेटवर्थ : ५४ रुपैयाँ ९९ पैसा

चुक्ता पूँजी : ८३ करोड ४३ लाख रुपैयाँ

जगेडा कोष : ४९ करोड ९९ लाख रुपैयाँ ऋणात्मक

निक्षेप संकलन तथा कर्जा परिचालन : त्रैमास सम्म बैंकले ४ अर्ब ८५ करोड बढी निक्षेप संकलन गरी ३ अर्ब ७७ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ५ अर्ब बढी निक्षेप संकलन गरी ३ अर्ब ७० करोड बढी कर्जा परिचालन गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको