Like us!
Follow us!
Connect us!
Watch us!

सिबिफिनको उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त

अर्थ संसार

मंगलबार, २१ कार्तिक २०८०, ०८ : २७ मा प्रकाशित

सिबिफिनको उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त भएका छन् । कोइरालालाई उपमहानिर्देशकमा नियुक्त गरी कार्यालय प्रमुखको समेत जिम्मेवारी दिइएको सिबिफिनले बताएको छ ।

नबिल बैंकबाट स्वेच्छिक अवकास लिएर बाहिरिएका कोइराला वरिष्ठ प्रबन्धकसम्म बनेका थिए । व्यापार प्रशासनमा स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरेका कोइरालाले रणनीतिक मानवीय पूँजी व्यवस्थापन, व्यवस्थापन विकास, व्यवस्थापकिय नेतृत्व विकास तथा अध्यापन, तालिम र पेशागत विकास लगायत विषयमा विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयहरुबाट तालिम समेत लिएका छन् ।

कर्पोरेट, एसएमई, खुद्रा ऋण, निक्षेप मार्केटिङ, विदेशी व्यापार, जनशक्ति व्यवस्थापन, बैंकिङ क्षेत्रको रणनीतिक विकास, वित्तीय जोखिम न्यूनीकरण लगायतमा कोइरालाको अनुभव छ ।

कोइरालाको नियुक्तीबाट सिबिफिनले थप उचाइ हासिल गर्ने अपेक्षा गरेको बताएको छ । सिबिफिनले बैंकिङ क्षेत्र, लगानीकर्ता तथा निक्षपकर्ताको हित, वित्तीय क्षेत्र सुदृढ लगायतका विषयमा अध्ययन–अनुसन्धान गर्दै सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सरकार, नियामक र राष्ट्रिय एवं अन्तराष्र्टि«य संघ÷संस्थाहरुसँग निरन्तर सहकार्य र सहयोगीको भूमिका निर्वाह गर्दै आएको सिबिफिनले बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको