Like us!
Follow us!
Connect us!
Watch us!

दोर्दी र राप्ती हाइड्रोको हकप्रद निष्कासन एजेन्डालाई विद्युत नियमन आयोगले दियो स्वीकृति

अर्थ संसार

मंगलबार, २१ कार्तिक २०८०, १४ : १४ मा प्रकाशित

दोर्दी र राप्ती हाइड्रोको हकप्रद निष्कासन एजेन्डालाई विद्युत नियमन आयोगले दियो स्वीकृति

दोर्दी र राप्ती हाइड्रोको हकप्रद निष्कासन एजेन्डालाई विद्युत नियमन आयोगले स्वीकृति दिएको छ ।

विद्युत नियमन आयोगले दोर्दी र राप्ती हाइड्रो दुवैलाई १:१ अनुपातमा हकप्रद निष्कासन गर्नका साधारणसभामा प्रस्ताव पेश गर्न अनुमति दिएको हो । आयोगले स्वीकृति प्रदान गरेसँगै अब राप्ती हाइड्रोले आफ्नो हालको चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार चार सय बराबरको हकप्रद निष्कासनको एजेन्डा साधारणसभामा पेश गर्नेछ । यसैगरी अनुमति पाएसँगै दोर्दी खोला हाइड्रोले पनि १:१ अनुपातमा एक अर्ब पाँच करोड ४२ लाख ६० हजार चार सय कित्ता हकप्रद निष्कासनको एजेन्डा साधारणसभामा पेश गर्नेछ ।

दुवै कम्पनीले कार्तिक १९ गते आयोगबाट स्वीकृति पाएका हुन् । अब साधारणसभाबाट पनि प्रस्ताव पारित गरेपछि हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढ्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको