Like us!
Follow us!
Connect us!
Watch us!

कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडानको लाग्यो ठेक्का

अर्थ संसार

मंगलबार, २१ कार्तिक २०८०, १५ : ५१ मा प्रकाशित

कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडानको लाग्यो ठेक्का

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइट जडानका लागि ठेक्का लागेको छ ।

‘फ्लड लाइट’ जडानका लागि सिनामङ्गलस्थित एमएसआईपीएल-एएससी पावर जेभीले ठेक्का पाएको छ । पहिलोपल्ट आह्वान गरेको ठेक्कामा कसैले पनि आवेदन नदिएपछि दोस्रोपटक ठेक्का आव्हान गरिएको थियो ।

उक्त जोइन्ट भेन्चरले २७ करोड ४० लाख दुई हजार २२ रुपैयाँमा फ्लड लाइट जडानको ठेक्का पाएको हो । फ्लड लाइट हालेपछि त्रिभुवन विश्वविद्यालयको उक्त मैदानमा डे-नाइट खेल सञ्चालन गर्न सकिनेछ ।

फ्लड लाइट जडानका लागि चारदेखि पाँच महिना समय लाग्ने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको