Like us!
Follow us!
Connect us!
Watch us!

'हाई प्रोफाईल' अध्यक्षको ग्लोबल आईएमई बैंकको हविगत; सेयरधनीलाई ईतिहासकै कम लाभांश

अर्थ संसार

मंगलबार, २१ कार्तिक २०८०, १७ : ३० मा प्रकाशित

'हाई प्रोफाईल' अध्यक्षको ग्लोबल आईएमई बैंकको हविगत; सेयरधनीलाई ईतिहासकै कम लाभांश

ग्लोबल आईएमई बैंक.चुक्ता पुँजी अनुसार वाणिज्य बैंकमा नेपालको सबै भन्दा ठूलो बैंक हो।  हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ।  ५ वाणिज्य बैंक गाभिएपछि सबैभन्दा ठूलो बनेको हो ग्लोबल आईएमई बैंक। 

५ वटा वाणिज्य बैंक, १० विकास बैंक र ५ फाइनान्स कम्पनी गाभिएर बनेको हो अहिलेको विशाल ग्लोबल आईएमई बैंक । कुनै समयका वाणिज्य बैंकहरु कमर्स एन्ड ट्रस्ट बैंक, जनता बैंक, लुम्बिनी  बैंक र बैंक अफ काठमान्डू बैंक हाल  ग्लोबल आईएमई बैंकमा समाहित भइसकेका छन् । 

हाई प्रोभाइलका अध्यक्ष 

यस नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैकको संचालक समितिका अध्यक्ष हुन् चन्द्रप्रसाद ढकाल। उनी नेपालका एक जना चिर परिचित उद्यमी हुन्। उनको परिचय त्यतिमा मात्रै काफी छैन, उनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत हुन्। महासंघ निजी क्षेत्रको प्रतिनिधिमूलक सबै भन्दा ठुलो तथा प्रतिष्ठित संस्था हो। 

नेपालको चिर परिचित उद्यमी त्यस माथि निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको नेतृत्त्मा समेत रहेको ढकालले नेतृत्त्व गरेको नेपाल कै सबैभन्दा ठूलो बैंकमा निजी क्षेत्र मात्रै नभएर अन्तरराष्ट्रिय रुपको नजर रहने गरिन्छ नै।  संसारका अरु राष्ट्रको नेतृत्वले पनि यस्ता संघका अध्यक्ष रहेको संघ संस्था तथा यिनका गतिविधिलाई विशेष महत्व दिने गर्छ । 

इतिहास कै कमजोर लाभांस घोषणा 

२० कम्पनीलाई गाभेर नेपाल कै ठुलो बैंक नाममा बनेपनि काम वा प्रदर्शन भने बैंक औसत मात्र रहेको छ। ठूलो चुक्ता पुँजी बन्नुको फाइदा बैंकले व्यवसाय विस्तारमा पार्नु पर्ने हो र यसको सबै भन्दा ठुलो फाइदा यस बैंकका सेयरधनीलाई हुनुपर्ने हो। तर बैंकले गत आर्थिक वर्ष २०७९/८० को घोषणा गरेको लाभांशले बैंकका सेयरधनीलाई निराशा नै बनाएको प्रतिक्रिया आएको छ। गत वर्षको  मुनाफाबाट हालै मात्र आफ्ना सेयरधनीहरूलाई १ प्रतिशत बोनस र ८ प्रतिशत नगद गरि कूल ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गर्यो । जुन बैंकको इतिहास कै कमजोर लाभासं घोषणा रहेको छ। बैंकको विगत ११ वर्षको  लाभांश इतिहास नियाल्दा बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७५/७६ मा २५.५ प्रतिशत लाभांश (१२.७५ प्रतिशत बोनस र १२.७५ प्रतिशत नगद) वितरण गरेको थियो। 

प्रशंसनीय छैन​ हालको अवस्था 

ग्लोबल आइएमई बैंक लिमिटेडको हालको अवस्था पनि प्रशंसनीय छैन। बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमास सम्ममा बैंकको खुद आम्दानीमा सुधार देखिएपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफामा असर देखिएको छ। पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा अनुपात बढ्ने क्रमले निरन्तरता पाएको छ, जुन यस बैंकको रिपोर्टमा पनि देखिन्छ। अघिल्लो वर्षको यही अवधिसम्म २.१० प्रतिशत रहेको  बैंकको खराब कर्जा अनुपात भने बढेर ४.३८ प्रतिशत पुगेको छ । जुन डरलाग्दो संकेत हो। महँगी, व्यवसायमा आएको संकुचनका कारण ऋणीहरूको ऋण तिर्ने क्षमता घटेको छ । जुन रिपोर्टले पनि देखाएको छ। 

बैंकको खुद नाफामा बैंकको सामान्य वृद्धि देखिन्छ, चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। जुन गत आर्थिक वर्षको तुलनामा ३.०४ प्रतिशतको वृद्धि हो। तेस्तै बैंकको पहिलो त्रैमासमा ४ अर्ब ८० करोड खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३ अर्ब २० करोडमा सीमित थियो।  बैंकको  सञ्चालन मुनाफा बढेको छ । अघिल्लो वर्ष १ अर्ब ६९ करोड रुपैयाँ रहेको यस्तो मुनाफा बढेर यो वर्ष १ अर्ब ७९ करोड पुगेको छ । यस त्रैमास सम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ।  तेस्तै बैंकको इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ७८ करोड १७ लाख रुपैयाँ पुग्यो जुन गत वर्षको यहि अवधिमा केबल ७२ करोड ८६ लाख मात्र रहेको छ। बैंकको प्रति सेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ ९६ पैसामा सिमित भएको छ भने प्रति सेयर आम्दानी  ६ रुपैयाँ २९ पैसा घट्योले घट्दै १३ रुपैयाँ ७१ पैसा कायम भएको छ। बैंकको मूल्य आम्दानी अनुपात १४.७४ गुणा रहेको छ भने प्रति सेयर नेटवर्थ १६८ रुपैयाँ ३० पैसामा सिमित बनेको छ। 
 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको