Like us!
Follow us!
Connect us!
Watch us!

८९ कम्पनीलाई धितोपत्र बोर्डले एकै पटक काट्यो पत्र; भन्यो-'१५ दिन भित्र जवाफ चाहिन्छ'

अर्थ संसार

विहीबार, २३ कार्तिक २०८०, ०७ : १५ मा प्रकाशित

८९ कम्पनीलाई धितोपत्र बोर्डले एकै पटक काट्यो पत्र; भन्यो-'१५ दिन भित्र जवाफ चाहिन्छ'

हाल रमेश हमालले नेतृत्व गरेको नेपाल धितोपत्र बोर्डले नेपालको धितोपत्र बोर्ड कै इतिहासमै पहिलो पटक ८९ कम्पनीलाई त्यो पनि एकै पटक स्पष्टीकरण सहितको कारबाही गरेको छ।

धितोपत्र बोर्डले दोस्रो बजारमा कारोबार हुने सूचीकृत कम्पनीहरूलाई पत्र काटेर स्पष्टीकरण सोधिएको छ।नियामकिय जिम्मेवारी बहन गर्दै बोर्डले समयमा विवरण नबुझाउने कम्पनीहरुलाई १५ दिन भित्र के कारण विवरण ढिला वा विवरण नबुझाइएको भनेर जबाफ दिन भन्दै पत्र काटिएको हो। 

कारबाहीमा पर्ने कम्पनीहरूलाई ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने निर्णय समेत भएको बताइएको छ। 

संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र बोर्डमा पेश गर्नु पर्ने हुन्छ । साथै त्यस्तो विवरण राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ ।

यसअघि बोर्डले असोज २ मा एक एक सूचना जारी गर्दै २४ वटा कम्पनीले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण बुझाउन बाँकी रहेको तथा ६४ वटाले ढिला गरि बुझाएको कुरा उल्लेख गरेको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको