Like us!
Follow us!
Connect us!
Watch us!

उन्नति सहकार्य लघुवित्तको एफपिओमा हालसम्म कति पर्यो आवेदन ?

अर्थ संसार

विहीबार, २३ कार्तिक २०८०, १० : ३८ मा प्रकाशित

उन्नति सहकार्य लघुवित्तको एफपिओमा हालसम्म कति पर्यो आवेदन ?

कात्तिक २१ गतेदेखि आवेदन खुलेको उन्नति सहकार्य लघुवित्तको एफपिओमा हालसम्म मागभन्दा ४८ गुणाभन्दा बढी आवेदन परेको छ ।

लघुवित्तले १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर एफपिओ जारी गरेकोमा हालसम्म ८५ लाख ८४ हजार आठ सय ७० कित्ता सेयरका लागि आवेदन परेको छ । सात लाख ६३ हजार ९ सय ८७ जना आवेदकको उक्त संख्याको सेयरका लागि आवेदन दिएका हुन् । १०० रुपैयाँ अंकित मूल्यमा लघुवित्तले एफपिओ मार्फत १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ रकम उठाउने छ ।

साबिकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त केहि समय अगाडी गाभिएर उन्नति सहकार्य लघुवित्त बनेको हो । लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको कम्पनीले जनाएको छ ।

एफपिओमा कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको