Like us!
Follow us!
Connect us!
Watch us!

कोभिड पहिलेकै अवस्थामा फर्किदै पर्यटन, अक्टोबरमा एक लाख १७ हजार पर्यटन भित्रिए

अर्थ संसार

शुक्रबार, २४ कार्तिक २०८०, १५ : १० मा प्रकाशित

कोभिड पहिलेकै अवस्थामा फर्किदै पर्यटन, अक्टोबरमा एक लाख १७ हजार पर्यटन भित्रिए

कोभिड -१९ महामारीले सुस्ताएको नेपालको पर्यटन उद्योग बिस्तारै कोभिड पहिलेकै अवस्थामा फर्किन थालेको छ ।

पर्यटन बोर्डको पछिल्लो तथ्यांकले अक्टोबर महिनामा गत चार वर्ष यताकै सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएको देखाएको छ । अक्टोबर महिनामा मात्रै एक लाख १७ हजार तीन सय ६ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । यस सँगै यो वर्षका लागि हालसम्म सर्वाधिक पर्यटक भित्रिएको महिनाको रेकर्ड पनि अक्टोबरले नै बनाएको छ । पर्यटकका लागि उपयुक्त मानिने अक्टोबर-नोभेम्बर सिजन नेपालमा वर्ष भरिकै सर्वाधिक पर्यटक आउने समय हो ।

तथ्यांक अनुसार सन् २०२३ मा आठ लाख नौ हजार ६ सय ७८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबर पछि सबैभन्दा धेरै पर्यटक आउने महिनामा मार्च महिना परेको छ । मार्चमा ९९ हजार चार सय २६ पर्यटक नेपाल आएका थिए । तर पश्चिम देशहरुमा छुट्टीको सिजन नोभेम्बर डिसेम्बरमा हुने हुँदा अबका महिनामा थप ठूलो संख्यामा पर्यटक भित्रिने आशा गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको