Like us!
Follow us!
Connect us!
Watch us!

उन्नति सहकार्य लघुवित्तको एफपिओमा आवेदन दिने समय सकियो, कति पर्यो कूल आवेदन?

अर्थ संसार

शुक्रबार, २४ कार्तिक २०८०, १७ : ५० मा प्रकाशित

उन्नति सहकार्य लघुवित्तको एफपिओमा आवेदन दिने समय सकियो, कति पर्यो कूल आवेदन?

कात्तिक २१ गतेदेखि आवेदन खुलेको उन्नति सहकार्य लघुवित्तको एफपिओमा आवेदन दिने समय आज सकिएको छ ।

लघुवित्तले १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर एफपिओ जारी गरेकोमा कूल एक करोड २४ लाख ४३ हजार ६ सय ६० कित्ता सेयरका लागि आवेदन परेको छ । ११ लाख २२ हजार ९ सय ११ जना आवेदकहरुले उक्त संख्याको सेयरका लागि आवेदन दिएका हुन् । यस हिसाबले हरेक ६३ जनामा एक जनालाई मात्रै १० कित्ता सेयर पर्नेछ ।

एक सय रुपैयाँ अंकित मूल्यमा लघुवित्तले एफपिओ मार्फत १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ रकम उठाउने छ । एफपिओ अघि लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको कम्पनीले जनाएको छ । 

एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । साबिकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त केहि समय अगाडी गाभिएर उन्नति सहकार्य लघुवित्त बनेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको