Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर घटाउने ट्रेण्ड मेकर बन्दै एनआइसी एशिया बैंक, मंसिर महिना देखि ब्याजदर सिंगल डिजिटमा

अर्थ संसार

सोमबार, २७ कार्तिक २०८०, १० : ०० मा प्रकाशित

ब्याजदर घटाउने ट्रेण्ड मेकर बन्दै एनआइसी एशिया बैंक, मंसिर महिना देखि ब्याजदर सिंगल डिजिटमा

एनआइसी एशिया बैंकले मंसिर महिनाका लागि ब्याजदरमा घटाएको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम जम्मा ८.९६८ प्रतिशतमात्र ब्याज दिने भएको छ ।  मुद्दति निक्षेप मै संस्थागत निक्षेपकर्ताले भने ६ महिनादेखि १५ वर्षसम्मको मुद्दति बचतमा ६.९६८ प्रतिशत ब्याज पाउने छन् । बैंकको अब ब्याजदर सिंगल डिजिटमा झरेको छ।

तेस्तै बैंकले मंसिर महिना देखि बचत खातामा पनि अधिकतम ६.५८५ प्रतिशत सम्म मात्र ब्याज दिने जानकारी दिएको छ ।
बैंकका सूचनाका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा २ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम तिकिनेछ। तेस्तै, फिक्स्ड दरमा कर्जा लिँदा भने बैंकले १३.७६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधार दर १०.९६ प्रतिशत रहेको छ ।

बैंकले कात्तिकसम्म भने व्यक्तिगत मुद्दति खातामा ११.००३ प्रतिशत र संस्थागतमा ९.००३ प्रतिशत ब्याज दिंदै आएको थियो । 

हेर्नुहोस सूचना 

6551a3495bc07.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको