Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

अर्थ संसार

शुक्रबार, ०१ मंसिर २०८०, ११ : १६ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

ग्लोबल आइएमई बैंकले कम्पनीको वार्षिक साधारणसभा र बोनस प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ ।

कात्तिक २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मङ्सिर २८ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने गरि १७ औं साधारणसभाको मिति तय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट हालको आफ्नो चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर गरि कुल ९ प्रतिशत बोनसका बाँड्ने घोषणा गरिसकेको छ ।

बोनस सेयर र साधारणसभा प्रयोजनार्थ कम्पनीले मङ्सिर १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । अर्थात मङ्सिर १२ सम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको