Like us!
Follow us!
Connect us!
Watch us!

कफी बोर्डले निर्धारण गर्यो कफीको न्यूनतम सहमत मूल्य

अर्थ संसार

शुक्रबार, ०१ मंसिर २०८०, १३ : ०२ मा प्रकाशित

कफी बोर्डले निर्धारण गर्यो कफीको न्यूनतम सहमत मूल्य

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २०८० सालका लागि कफीको न्यूनतम सहमत मूल्य निर्धारण गरेको छ ।

बोर्डले फ्रेश चेरी कफी, पार्चमेन्ट कफी र ड्राई चेरी कफी गरि तीन किसिमका कफीको ग्रेडिङसहित मूल्य निर्धारण गरेको हो । मङ्सिर १ देखि लागू हुने गरि बोर्डले ए ग्रेडको फ्रेश चेरी कफीको प्रति किलो एक सय रुपैयाँ निर्धारण गरेको छ । यसगरी बि ग्रेडको फ्रेश चेरी कफीको प्रति किलो ९० रुपैयाँ पर्नेछ । ए ग्रेडको फ्रेश चेरी कफी भन्नाले ८ सय मिटरभन्दा माथि प्राङ्गारिक पद्धति अपनाएर उत्पादित ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने र केलाएर छानिएको कफी हो । ए ग्रेडमा नपरेका फेश चेरीलाई बि ग्रेडमा राखिन्छ ।

यसैगरी चिसो प्रसोधन विधि अन्तर्गत प्रसोधन गरि तयार गरिएको ११ प्रतिशत चिस्यान भएको ग्रेड ए को पार्चमेन्ट कफी प्रतिकिलो पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । ग्रेड ए गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको र पानीमा राख्दा डुब्ने कफीलाई पार्चमेन्ट ग्रेड ए भनिन्छ । ग्रेड बि गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ग्रेड बि पार्चमेन्ट कफीको मूल्य प्रति किलो चार सय ५० तोकिएको छ ।

यसैगरी चिसो प्रसोधन विधिबाट प्रसोधन गर्न नसकिएको कफी चेरीलाई घाम वा अन्य कुनै माध्यमबाट सुकाएर तयार गरिने ११ प्रतिशत चिस्यान भएको ए ग्रेडको ड्राई चेरी कफीलाई प्रति किलो २ सय रुपैयाँ र बि ग्रेडको ड्राई चेरी कफीलाई प्रति किलो एक सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको