Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको सिईओको रुपमा फर्किए रामचन्द्र खनाल

अर्थ संसार

शनिबार, ०२ मंसिर २०८०, ०८ : ५५ मा प्रकाशित

कुमारी बैंकको सिईओको रुपमा फर्किए रामचन्द्र खनाल

कुमारी बैंकको सिईओमा रामचन्द्र खनाल नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले  खनाललाई सिईओ नियुक्त गरेको हो । बैठकले खनाललाई सिईओ गर्न पूर्व रमेश अर्यालले दिएको राजीनामा स्वीकृत गरेको थियो। 

खनालले बैंकमा वरिष्ठ डेपुटी सिईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनीसँग पहिले कुमारी बैंक हाकेको अनुभव रहेको छ। किनभने  एनसीसी मर्ज हुनु अघि कुमारी बैंकले सिईओ यिनैमा खनाल रहेका थिए। मर्जर पछि भने उनी वरिष्ठ डेपुटीको जिम्मेवारीमा थिए । 

खनाल कुमारी बैंक आउनु अघि एनआईसी एसिया क्यापिटलको सिईओ थिए । झन्डै वित्तीय क्षेत्रमा साढे ११ वर्षको अनुभव भएका उनी सिद्धार्थ र एनआईसी एसिया बैंकमा पनि उपल्लो तहमा रहेर काम गरिसेकेका छन् । उनी पेशाले एक चाटर्ड एकाउन्टेन्ट पनि हुन्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको