Like us!
Follow us!
Connect us!
Watch us!

हङकङ सिरिजमा नेपाली टोलीलाई सान्त्वना जीत, जापान ६७ रनले पराजित

अर्थ संसार

शनिबार, ०२ मंसिर २०८०, १० : ३१ मा प्रकाशित

हङकङ सिरिजमा नेपाली टोलीलाई सान्त्वना जीत, जापान ६७ रनले पराजित

हङकङमा जारी महिला टि-२० सिरिजमा नेपाली टोलीले सान्त्वना जीत हासिल गरेको छ । आज भएको खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको हो ।

खेलमा टस हारेर ब्याटिङमा उत्रेको नेपाली टोलीले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय १३ रन बनायो । नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३८ रन बनाउँदा इन्दु बर्माले २७ रन बनाइन् । यसैगरी पूजा महतोले १३ रन बनाइन् भने काजल श्रेष्ठले ७ बलमा १५ रनको उत्कृष्ट क्यामियो खेलिन् । बलिङतर्फ जापानकी कुसुडा नाइर्नले दुई विकेट लिँदा मोगावा र आफुजीकावाले एक-एक विकेट लिन सफल रहे ।

प्रतिउत्तरमा एक सय १४ पछ्याएको जापान २० ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा सीमित हुनपुग्यो । नेपालकी सङ्गीता राईले पाँच विकेट लिँदा पुजा महतो र अस्मिना कर्माचार्यले दुई-दुई विकेट लिए ।

यस अघि नै हङकङ र ओमानसँग हार बेहोर्दै नेपाल प्रतियोगिताबाट भने बाहिरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको