Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईं र महेश बस्नेतको कार्यक्रम एकै ठाउँमा गर्न नदिने जिप्रकाको तयारी

अर्थ संसार

सोमबार, ०४ मंसिर २०८०, ११ : ४६ मा प्रकाशित

दुर्गा प्रसाईं र महेश बस्नेतको कार्यक्रम एकै ठाउँमा गर्न नदिने जिप्रकाको तयारी

मङ्सिर ७ गते एकै दिन एकै स्थानमा तय गरिएको दुर्गा प्रसाईं र महेश बस्नेतको कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गर्ने तयारी गरेको छ ।

प्रशासनले आज ४ बजे छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । मेडिकल व्यवसायी व्यवसायी प्रसाईंले पछिल्लो समय राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान सञ्चालन गरिरहेका छन् । त्यसै अन्तर्गत मङ्सिर ७ गतेदेखि बृहत् नागरिक मुक्ति आन्दोलन थाल्ने उनले उद्घोष गरेका छन् । 

यसैगरी एमालेको भ्रातृ संस्था युवा संघले "सरकार र अराजकतावादीविरूद्ध युवा-विद्यार्थीको शक्ति प्रदर्शन" भन्दै कार्यक्रम आयोजना गर्न लागेको छ । युवा संघको इन्चार्ज रहेका महेश बस्नेत र दुर्गा प्रसाईंबीच आरोप प्रत्यारोपको शृङ्खला चलिरहेको छ ।

माइतीघर मण्डलामा हुने भनिएको दुवै कार्यक्रमका बीच तनाव हुनसक्ने सम्भावना देखिएपछि प्रशासनले व्यवस्थापनको तयारी गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको