Like us!
Follow us!
Connect us!
Watch us!

सयपत्री हाइड्रोको नाफामा गिरावट, इपिएस कति?

अर्थ संसार

सोमबार, ०४ मंसिर २०८०, १२ : ५४ मा प्रकाशित

सयपत्री हाइड्रोको नाफामा गिरावट, इपिएस कति?

सयपत्री हाइड्रोले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत उत्पादनबाट हुने आम्दानीमा सामान्य वृद्धि भएपनि हाइड्रोको भने नाफा घटेको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफामा सामान्य गिरावट आएको छ । यस त्रैमासमा कम्पनीको खुद नाफा एक करोड १८ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा १ करोड ४८ लाख रुपैयाँ रहेको थियो । खुद नाफा करिब २०.६९ प्रतिशतले घटेको हो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिमा कम्पनीले विद्युत व्यापारबाट २ करोड ८३ लाख आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट २ करोड ६३ लाख कमाएको थियो ।

सञ्चालन मुनाफा - पहिलो त्रैमाससम्म कम्पनीको सञ्चालन मुनाफा २ करोड ४१ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा २ करोड ७८ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब १३.५३ प्रतिशतले घटेको हो ।

वितरणयोग्य मुनाफा : एक करोड १८ लाख रुपैयाँ

प्रति सेयर आम्दानी : इपीएस यो त्रैमासमा ३ रुपैयाँ ९४ पैसा रहेको छ ।

मूल्य आम्दानी अनुपात : १२८.६८ गुणा (अन्तिम मूल्य : ५०७ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ९२ रुपैयाँ ९१ पैसा

चुक्ता पूँजी : २८ करोड ८७ लाख रुपैयाँ

जगेडा कोष : ४ करोड ५५ लाख रुपैयाँले ऋणात्मक

कम्पनीले २.५ मेगावाटको दरामखोला ए हाइड्रोबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको